संस्कृतिकर्मी मेनकाजीको सम्झनामा ३५ लाखको स्मृतिकोष
कास्की | जेठ १७, २०७९
पोखरा: वरिष्ठ लोक संस्कृतिकर्मी, शिक्षासेवी, समाजसेवी, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको स्मृतिमा स्थापित कोषमा ३५ लाख २६ हजार ३४३ रुपैया संकलन भएको छ । स्मृतिकोष स्थापना समितिले पोखरामा सोमबार पक्रकार सम्मेलनको आयोजना गरि अझै रकम संकलन भैरहेको जानकारी दिइएको हो ।
वरिष्ठ सस्कृतिकर्मी गुरुङको गतवर्ष कोरोना महामारीको समयमा गुमाउनुपरेकाले उनको स्मृतिमा कोष स्थापना गरेको हिमाली साँस्कृतिक परिवारले संस्थाका मानार्थ सदस्य एवम सल्लाहकार को संयोजकत्वमा गठित स्मृतिकोष समितिका संयोजक रुद्रकुमारी गुरुङ मैनाले जानकारी दिइन् ।
उनका अनुसार करिब १५ देखि २० लाख संकलन गर्ने लक्ष्य रहेपनि ३५ लाख बढि रकम जम्मा भएको छ ।
स्वर्गीय गुरुङको योगदानको चिरकाल स्मरणकालागि अक्षयकोष स्थापित गरी वरिष्ठ लोक संस्कृतिकर्मीहरुलाई सम्मान गर्ने, अनुज कलाकारहरुलाई पुरस्कार प्रदान गर्ने र लोक सँस्कृति संरक्षण एवम विकास गर्ने उद्देश्यले कोष स्थापना गरिएको संयोजक गुरुङले दोहोर्याइन् ।
कोषको वार्षिक व्याजबाट आउदो वर्षदेखि कार्यक्रम आयोजना गर्ने बताउदै छोटो अवधिमा स्मृतिकोषका लागि रकम सहयोग गर्नुहुने सम्पुर्ण सहयोगदाता, शुभेच्छुुक, शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरिन् ।
कोषका लागि देश विदेशका विभिन्न स्वर्गीय गुरुङको आफन्तजन, शुभचिन्तक, शुभेच्छुक महानुभावहरु एवम संघ संस्थाले सहयोग गरेको स्मृतिकोष समितिका कोषाध्यक्ष एवम हिमाली सांस्कृतिक परिवारका सचिव श्रीजंग गुरुङले बताए । उनका अनुसार हालसम्म संकलित रकम मध्ये ३५ लाख रुपैयाको अक्षयकोष स्थापना गरिनेछ । भने शुभेच्छुकहरुबाट अझै रकम आउने क्रम जारी छ ।
यसैगरि हिमाली सांस्कृतिक परिवारका सल्लाहकार हुमबहादुर गुरुङले कोषको बार्षिक व्याजबाट वरिष्ठ लोक स्रस्टालाई वार्षिक राष्ट्रियस्तरको पुरस्कार, लोककलाकारहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने र लोक संस्कृति संरक्षण सम्वद्र्धनका लागि कार्यक्रम हुने गरि नियमावली निर्माण गरेको बताए ।
गुरुङका अनुसार वरिष्ठ लोक संस्कृतिकर्मी मेनकाजी गुरुङको स्मृतिमा स्थापित कोषको संचालनको पुर्णाधिकार हिमाली साँस्कृतिक परिवारलाई रहनेछ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

